इनरुवा–जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको रु २ लाख ३५ हजार बराबरको माल सामान भन्सारमा बुझाएको छ ।
प्रहरीले बिहिबार सुनसरीको छुट्टा छुट्टै स्थानबाट अवैध २ लाख ३५ हजार बराबरको सामान बरामद गरेको थियो ।
प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले ५८ पिस साडी, ६७ पिस कुर्तासलवार र २० पिस लेडिज ब्याग बरामद गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले बबिया चोकबाट ५ रोल अर्थान अन्दाजी सय मिटर सुटिङ सर्टिङका कपडा तथा इलाका प्रहरी कार्यालय हरिनगराले ८ बोरा अवैध युरिया मल बरामद गरेको छ ।
बरामद सामानह सेतुबन्ध भन्सार कार्यालय कोशीब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको