राजविराज–गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगका सदस्य अधिवक्ता सुनिल रंजन सिंहले इलाकालाई कुनै पनि आधार बनाई गरिने पुनर्संरचना कार्यमा मेरो सहमति नभएको बताएका छन् ।
सिंहले तराई मधेश थरुहटको सम्पूर्ण भागलाई आधार मानेर गाउँपालिका, नगरपालिकाको संख्या निर्धारण गर्दा जनसंख्याको आधारमा गर्नुपर्ने आफ्नो माग रहेकोमा सो अनुसार नगरिएकोले असहमति जनाएको हो ।
उनले असहमति राखेका विषयहरुउल्लेख गरी इमेल मार्फत जारी गरेको  पत्रमा भनिएको छ “जनसंख्याको मापदण्डलाई नै आधार मानि गाउँपालिका, नगरपालिकाको संख्या निर्धारण गरी संख्या बढाउनुपर्नेमा सो नगरिएकोले मेरो असहमति छ ।”
विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना छुट्टै मापदण्ड बनाएर गाउँपालिका र नगरपालिकाको संख्या सिमाना निर्धारण गरी सकेपछि गर्न माग गर्दै सदस्य सिंहले स्थानिय तहको चुनावलाई मध्यनजर गर्दै दोश्रो चरणमा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या टुङ्गो लगाउनुपर्ने घारणा राखेका छन् ।
आयोगले कात्र्तिक ४ गते स्थानिय तह पुनर्संरचना प्राविधिक समितिको कार्यशर्त परिमार्जनको निर्णय गर्दा देखि नै सदस्य सिंहले लिखित रुपमै असहमति जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको