सप्तरी । राष्ट्रपति विद्या देबी भण्डारीले सप्तरी जिल्लाका विभिन्न १३ बुदें अनुरोध पत्र नेपाल सरकारलाई दिई कार्यान्वन गराउने बताएका छन् ।
छिन्नमस्ता देबीको पुजा तथा लक्ष्यचण्डी रुद्र महायज्ञ मण्डपको शिलान्यास गर्न आज छिन्मस्ता आउनु भएकी राष्ट्रपति भण्डारीले स्थानियहरुलाई गुरु योजना बनाई दिगो विकासका लागि स्थानियवासीहरु समेत तत्पर रहनु पर्ने बताइन् ।
लक्ष्यचण्डी रुद्र महायज्ञ समितिको अध्यक्ष सत्यनरायण यादव द्धारा प्रदान गरिएको अनुरोध पत्र मध्ये केही एक बर्षमै र केही तिन चार बर्षमा काम पुरा हुने भएकोले त्यसको लागि सवै सर्व सधारणहरुले दवाब दिई राख्नु पर्ने उनकाे धारणा छ।
देवी छिन्नमस्ताको पुजाँ गर्न पाएकोमा अत्यन्तै खुसी व्यक्त गर्दै सम्पुर्ण नेपालीका सुख शान्तीको लागी अराधना गरेको राष्ट्रपति भण्डारीले बताउनु भयो ।
शक्ति पिठमा महिलाहरुको ठुलो कार्यक्रम गर्नु पर्ने आफुले भन्दै आएको बताउनु हुदै राष्ट्रपति भण्डारीले नेपाल बहु भाषा, बहु संस्कृती भएको देश भए पनि मुल भन्ने एउटै नेपाली रहेको विचार व्यक्त गरिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost