राजविराज । एमपिएलको टि–टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको शनिवार राजविराजमा भएको खेलमा मेसु राजबिराजले १०८ रनको फराकिलो अन्तरले सिरहालाई पराजित गरेको छ भने नवलपरासीले मोरंगलाई ७ बिकेटले हराएको छ ।
स्थानिय राजरंगशालामा शनिवार भएको पहिलो खेलमा टस जितेर मेसुले २० ओभरमा ७ बिकेट गुमाई १८७ रन बनाउन सफल भएको थियो ।
उक्त खेलमा ब्याटस म्यान दलजितु कुमारको ब्याटबाट निस्केको ४ छक्का र ६ चोक्काको मदतले अबिजित ६६ रन बनाएका थिए भने गौरब खडकाले ४९ रनको योगदान गरेका थिए । बलिंग तर्फ सिरहाका राज रोय ३, बिकेट र अजय तथा मनिष मण्डलले १÷१ बिकेट हात पार्न सफल भएका थिए ।
उक्त विशाल योगफल पछ्याउने लक्ष्य लिई उत्रेको सिरहाले ७ बिकेट गुमाउँदै २० ओभरमा ७९ रनमै समेटिनु प¥यो । सिरहाका व्याट्स म्यान ओम यादवले १८, रोहन बिकेले १७ र अपु चौरसिया १४ रन बनाए ।
img_1324

राजबिराजका बलरहरु धिरज दासले ३ बिकेट र अजय राजबंशी तथा मुकुन्द यादबले १÷१ बिकेट हात पार्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच भएका दलजित कुमार लाई रामसपा का जिल्ला अध्यक्ष सतिश सिँहले पुरस्कार बितरण गरेका थिए ।
यसैगरी ईष्र्टन कलेज बिराटनगर र रामग्राम नवलपरासी बिच भएको खेलमा टस जितेर बिराटनगरले २० ओभरमा सबै बिकेट गुमाई १०४ रनको योगफल खडा गरेको थियो । जसमा सिमान्त राय २५ रन, शसांक शेखर २१, राहुल मण्डल नटआउट १६ रन जोडेका थिए ।
बलिंग तर्फ नवलपरासीका पुरन बिकेले ३ बिकेट, जितेन्द्र शहनीले २, र रोहन गुप्ताले १ बिकेट हात पारेका थिए ।
जवाफमा १०५ रनको लक्ष्य लिएका नवलपरासीले १२.३ ओभरमा ३ बिकेटको सामान्य क्षतिमा बिजय हासिल गरेको थियो । नवलपरासीका लागि संदिप रजालीले बिष्फोटक ब्याटिंग गर्दे ५८ रन जोडे भने पुरन बिकेले नटआउट ४० रन बनाएका थिए ।
खेलको म्यान अफ द म्याच पुरन बिके घोषित भएका थिए । म्यान अफ द म्याच भएका बिकेलाई आवरण मिडिया प्रालिका प्रबन्ध निर्देशक संजिवबिक्रम साहले पुरस्कार प्रदान गरेका थिए ।img_1315

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको