राजविराज। जिल्ला झण्डै सय भन्दा बढी सिटि सफारी सडकमा गुड्ने गरेकोमा दर्ता नगरी संचालनमा रहेका एक दर्जन बढी सिटी सफारीलाई शुक्रबार कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयको संयुक्त टोलीले दर्ता नभएका र बिना नम्बर प्लेट संचालनमा रहेको १३ वटा सिटी सफारीलाई कारवाही गरेको जनाइएको छ । जस मध्ये एक सिटी सफारी नावालकले चलाएको हुँदा हाल सम्म उक्त सिटी सफारी प्रहरी नियन्त्रणमै राखिएको छ ।
दर्ता प्रक्रिया परा नगरी संचालन गर्ने सिटी सफारीलाई नियमित चेक जाँच गरी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दान बहादर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको