काठमाडौं  ।  नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, विश्वका  सबभन्दा खराब एयरपोर्टहरूको सूचीमा परेको छ । स्लिपिङ इन एयरपोर्टस् डट नेट नामक एयरपोर्ट सम्बन्धी वेबसाइटले गरेको सर्भेले यस्तो देखाएको हो ।
‘त्रिभुवन विमानस्थल एसियाको एउटा यस्तो विमानस्थल हो जुन विश्वका १० खराब विमानस्थलको सूचीमा पर्दछ,’ रिपोर्टमा भनिएको छ । रिपोर्ट अनुसार नेपालको त्रिभुवन विमानस्थल र उज्वेकिस्तानको ताशकन्द विमानस्थल एसियाबाट विश्वका १० खराब विमानस्थलको सूचीमा परेका छन् ।
उक्त रिपोर्टमा निर्धारण गरिएको विमास्थलको क्रम सन् २०१६ मा विभिन्न विमानस्थलमा गरिएको मतदानका आधारमा गरिएको हो । उक्त सर्भेका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडान भर्ने क्षेत्र फोहोर छ । चर्पीहरूमा गनाउने खालका छन् । खानेकुराहरू सफा छैनन् अनि त्यहाँ कार्यरत कर्मचारीहरूले यात्रुलाई सहयोग गर्दैनन् ।
उक्त रिपोर्टले अन्तर्राष्ट्रिय टर्मिनलको क्षेत्रमा केही सुधार भएको भने देखाएको छ । त्रिभुवन विमानस्थलले अहिले पनि संघर्ष गरिरहेको भएपनि भूकम्पपछिको अवस्था भने विमानस्थलले सुधारेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको