चन्द्रकान्त खनाल,
रुपन्देही । बुटवलमा जारी राष्ट्रिय औद्योगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा कुस्तीको रौनक थपिएको छ । खेल संयोजक बाबुराम आचार्यका अनुसार आईतबारदेखि शुरु भएको पुरुष तथा महिला कुस्ती प्रतियोगिता हेर्न दर्शकको घुँइचो लागेको थियो । पहिलो दिन ६ जोडीको कुस्ती प्रतिस्पर्धा भएको छ । जसमा एक जोडी महिला थिए । कुस्ती प्रतियोगितामा नवलपरासीको त्रिवेणीका महलमान मनु बर्माले भारतका भिम, सिकन्दर, सुमित र घोटुचकलाई पराजीत गरे भने रुपन्देही मर्चवारका घोटुचोक बराबरीमा रोकिए । महिला कुस्तीमा भारतका गोरखपुरमा दिपा र निशा भिडेका थिए । दिपाले निशालाई पराजीत गरेकी छन् । सोमबार पनि दिउँसो १ बजेदेखि कुस्ती प्रतियोगिता सञ्चालन हुने खेल संयोजक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको