राजविराज । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मधेशी मोर्चालाई समेत समर्थन फिर्ता लिन अपिल गर्ने निर्णय गरेको छ ।
तिन दिन देखी रौतहटको गौरमा जारी संधीय कार्य समितिको विस्तारित बैठकबाट सद्भावना पार्टीले यस्तो निर्णय गरेको सदभावना पार्टीका महासचिव मनिष कुमार सुमनले बताए ।
सत्ता सझेदार पार्टीहरुले मधेशी मोर्चा सित गरेको तिन बुंदे सहमति अनुसार संविधान संसोधनका विषयमा गम्भिर नभएको हुदा सद्भावना पार्टी यस्तो निषर्कशमा पुगेको हो ।
छठ सम्म आफुहरुको समयावधी रहेको तर छठ पछी सरकारको सबैयामा परिर्वतन नआए सद्न अबरुद्ध तथा सडक आनदोलनमा जान बाध्य हुने महासचिव सुमनको कथन रहेको छ ।
सरकारले दशै अधि संविधान संसोधन प्रस्ताव सदनमा लाने बताउदै आएकोमा तिहार अधि र हाल छठ पछी संसोधन प्रस्ताब सदनमा लाने बताउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको