upend

जनकपुर–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अख्तियार प्रमुख लोकमानसिंह कार्की माथि लगाइएको महाभियोगको कारण अस्पष्ट रहेको बताएका छन् ।

उनले महाभियोग लगाउने दलहरु यस सम्बन्धमा आफूसंग कुनै छलफल नगरेकोले महाभियोग प्रस्तावसंग आफ्नो पार्टीको कुनै सरोकार नभएको बताए ।
धनुषाको जनकपुरमा प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलबार बोल्दै यादवले महाअभियोग लगाउनेहरु नै लोकमानलाई नियुक्त गरेकोले अहिले महाअभियोग लगाउनको कारण पनि उनीहरुले नै स्पष्ट पार्नुपर्ने बताए ।
अध्यक्ष यादवले अख्तियार प्रमुखको महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने आन्दोलनमा जाने चेतावनी दिए ।
छठसम्म संविधान संशोधन विधेयक नआए नयाँ जनक्रान्तिसहित आन्दोलनमा जाने बताउँदै यसप्रति सत्तासिन दललाई सचेत हुन अग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको