रौतहट–नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं बन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीले निर्धारित समयमै स्थानिय निकाय र प्रादेशिक निर्वाचन गराउनुपर्ने बताएका छन् ।
उनले निर्धारित समयमा स्थानिय निकाय र प्रदेशको निर्वाचन नभए देश ठूलो समस्यामा फस्न सक्ने भएकाले यसका लागी ठूला दलहरुबीच सहमति गरि समयै निर्वाचन गराउनुपर्ने बताए ।
रौतहट जिल्लाको सदरमुकाम गौर स्थित बरहवा ताल हस्तानान्तरण कार्यक्रममा सम्वोधन गर्दै मन्त्रि भण्डारीले संविधान जारी गर्ने समयमा जसरी ठूलादलहरु सहमति गरेर अगाडी बढे त्यसरी नै सहमतिका साथ अगाडी बढ्नुपर्ने तर्क गरे ।
उनले जनआन्दोलनवाट प्राप्त उपलब्धिहरुलाई सस्थागत गर्न सकिएन भन्ने उपलव्धि गुम्न सक्ने संकेत देखिएकोले कांग्रेस एमाले र नेकपा माओवादीलाइ एकजुट भएर संविधान कार्यान्वयन तर्फ लाग्न आग्रह गरे ।
“संविधान कार्यन्वयनमा एकता बद्ध हुनु पर्यो । राजनीतिक दलको खिचातानी आपसी विवादका कारण मुलुकमा अर्को शक्ति हावी हुन सक्ने लोकतन्त्र खतरामा पर्न सक्ने संभावना छ” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको