mmm

काठमाण्डौ–भारत र चीनका राष्ट्रपति नेपाल आउँदा सरकारले सार्वजनिका विदा दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले भारत र चीनका राष्ट्रपति नेपाल आउँदा एक दिन सार्वजनिका विदा दिने निर्णय गरेको हो ।
बैठकले दुई मूख्य छिमेकी भारत र चीनका राष्ट्र प्रमूखहरु नेपाल आउँदा आपसी सम्बन्ध र स्वागतका लागि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण भने टुंगो लाग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको