काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बारेमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले महाअभियोगको उद्देश्य स्पष्ट भएपछि मात्रै धारणा बनाउने जनाएको छ ।
कार्की माथि कुन उद्देश्यले महाभियोग लगाइएको सो स्पष्ट नभएको निष्कर्ष निकाल्दै महाभियोगको कारण स्पष्ट भएपछि मात्रै मोर्चा र गठबन्धनले धारणा बनाउने बताएको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा गठबन्धनको बसेको बैठकले लोकमानलाई नियुक्ति किन गरेको र अहिले महाअभियोग किन लगाइएको बारेमा कुरा स्पष्ट नरहेको ठहर गरेको छ ।
लोकमानमाथि महाअभियोग लगाउँदा सरकारलाई समर्थन गरेका पक्षसँग कुनै सल्लाह नै नगरेको गठबन्धनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost