
राजविराज । सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आन्दोलनकारी र सरकार विच भोली बार्ता हुन सक्ने बताएका छन ।
आज राजविराजमा प्रेस मंच सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले परिवर्तनको क्रममा प्राप्त उपलब्धीहरुको रक्षा गर्न संविधान संसोधनका लागि लाग्नु पर्ने अवस्थामा लोकमान सिंह प्रकरण चर्चामा ल्याउनु प्रति आक्रोस व्यक्त गरे । अध्यक्ष महतोले काग्रेस, एमाले र माओवादी जस्ता ठुला दलहरु संविधान कार्यान्वयन प्रति गम्भिर नदेखिएको आरोप समेत लगाए ।
संविधान कार्यान्वयन नभए देश गम्भिर संकटमा फस्ने बताउदै महतोले भने “काग्रेस , एमाले र माओवादीमा थोरै इमान्दारीता भए त्यस तर्फ ध्यान दिन आग्रह गर्छु” ।
संविधान संसोधन नभए सम्म चुनाव हुन नसक्ने धारणा राख्दै अध्यक्ष महतोले प्रान्तीय सिमाना कायम हुनु पुर्व नै गाँउ पालिका , इलाका बनाईनु आफुहरुलाई मान्य नहुने समेत बताए । उनले सिमांकन सन्र्दभमा विवादीत झापा ,मोरङ, सुन्सरी , कंचनपुर, कैलालीका मधेशी र थारुलाई कुन प्रदेशमा बस्न चाहने सम्बन्धमा उनीहरुको धारणा बुझनु पर्ने बताउदै मधेशी थारु समुदायको बाहुल्यता भएको बस्तीलाई थरुहट वा मधेश प्रदेशमा राखिनु पर्ने धारणा व्यक्त गरे ।