राजविराज । जिल्ला विकास समिति सप्तरीले राजनितीक दलहरु संग पुनर्संरचनासम्बन्धी राखेको छलफल कार्यक्रम आज (शनिवार) मधेसवादी दलका कार्यकर्ताहरुले नाराबाजी गर्दै विथोलेका छन ।

जिल्लाका सबै राजनैतिक दलका प्रतिनिधिहरुलाई बोलाएर जिविस सभाकक्षमा पुनर्संरचनाबारेको छलफल सुरु भएपछि मधेसवादी दलका नेताहरुले सिमांकनको टुंगो नलागेसम्म पुनर्संरचना कार्य गर्न नदिने भन्दै नारावाजी गर्दै कार्यक्रम विथोलिएको थियो र्। कार्यक्रम विथोलने वितिकै सभाहल बाट सबै नेता कार्यकर्ताहरु बाहिरिएका थिए । 14996436_1211994418859247_125165360_n
यसअघि पनि सप्तरीमा स्थानीय तह पुनर्संरचनासम्बन्धी छलफलमा मधेसवादी दलका कार्यकर्ताहरुले अवरोध गरेका थिए । कार्यक्रम विथोलेपछि मधेसवादी दलका कार्यकर्ताहरुले राजविराज नगर क्षेत्रमा नाराबाजी गर्दै स्थानीय निकाय पुनर्संरचनासम्बन्धी कार्यप्रति विरोध जनाएका थिए । पुनर्संरचनासम्बन्धी सम्बन्धी मधेश वाद िदलका जिल्ला तथा केनद्रीय नेता सहित नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरी ,सुरेन्द्र कुमार यादव , जिल्ला सभापति दिनेश कुमार यादव नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्योपाने लगातका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । स्थानिय विकास अधिकारी सुदेव पोखलले सबै दलको बक्लो उपस्थिी रहेपनि मधेसवादी दलको अवरोधका कारण कार्यक्रम स्थगित गर्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको