राजविराज । दुनियामा मानिसले मानिससित गर्ने गरेको डाहा , ईष्र्या र दुश्मनी यती सम्म हुन्छ की शत्रुको लासमाथी समेत आफ्नो दिसको भडास निकाल्ने गरेको हामी सबैले सुनेका ,देखेका छौ ।
तर ,जनावरको आक्रमनबाट मृत्यु वरण गरेका मानिसको शव माथि जनावरले पुन ः रिस पोखेको घडना तपाईलाई अपत्यारिलो लाग्न सक्ला । यस्तै एउटा अपत्यारिलो यथार्थ घटना घटेको छ सप्तरी जिल्लाको गाविस बैरवामा ,बैरवा ८ निवासी ५५ बर्षिय उल्लाउदिन खान राति ८ बजे तिर आफनो घर भन्दा झण्डै तिन किलोमिटर टाढा खेतमा धानबाली रुड्दै थिए ।
एक्कासी एउटा जंगली हात्ति आयो र खानमाथी आक्रमण थालियो । आक्रमणबाट गम्भिर घाईते खानलाई गाउलेहरुले उद्धार गरी उपचारार्थ जिल्लाको सदरमुकाम स्थित गजेन्द्र नरायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउदै गर्दा बाटोमै मृत्यु भए पछि मुस्लि धर्म अनुसार खानको शवलाई अन्त्येष्ठी गर्दै शुक्रवार गाडियो । उक्त हिंसक जंगली हात्ति शनिवार अवेर राति पुन ः फर्किएर बैरवा गाउ पस्यो र हात्तिले बैरबा ८ अवस्थित दुई घरमा तोडफोड गर्दै मृतक खानको गाडिएको शवलाई उखालेर फ्यालेको आश्चर्यजनक घटना स्थानिवासीहरुले माई संचार डटकमलाई जानकारी गराएका छन ।
हात्तिको पटकपटक आक्रमणबाट पिडीत खानको परिवा।लाई सरकारले क्षतिपुर्ति स्वरुप पाँच लाख रुपैया उपलब्ध गराउने भएको छ ।
दैवी प्रकोप उद्धार समिति सप्तरी अगुवाईमा भएको बैठक बाट पिडीत परिवारलाई पाँच लाख रुपैया दिने निर्णय गरिएको सप्तरी क्षेत्र नम्बर २ का निर्वाचित सांसद अशोक कुमार मंडलले जानकारी दिए ।
हात्तिको पटक पटकको आक्रमणबाट अजिज भएका स्थानिय बासीहरुले सरकार संग सुरक्षाको माग गर्दै  पुर्व पश्चिम राजमार्ग  अन्तरगत सप्तरीको बरमझियामा जाम गरेकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको