तुलसी प्रसाद कोईराला
उदयपुर–भुसिया कुकुरले स्थानीयलाई दुख दिन थाले पछि उदयपुरमा भुसिया कुकुर मार्ने अभियान शुरु गरिएको छ । त्रियुगा नगरपालिकाले मंगलबारदेखि नगर क्षेत्रका कुकुर मार्न थालेको हो ।
मंगलवार मात्र त्रियुगा नगरपालिका २ र ३ मा ४३ वटा भुसिया कुकुरलाई विष खुवाएर मारिएको नगरपालिकाले जनाएको छ ।
त्रियुगा नगर प्रहरी, त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको साझा प्रयासमा भुसिया कुकुर मार्ने अभियान शुरु गरेको नगरपालिकाका सामाजिक शाखा प्रमुख अम्बिका धमलाले बताए ।
रेविज लागेको भुसिया कुकुरको टोकाईबाट केही हप्ता अघि एक महिला र एक कृषकको गाई मरेपछि कुकर मार्ने अभियान शुरु गरिएको धमलाको भनाई रहेको छ ।
‘भुसिया कुकुरको कारण बजारमा रेविज लगायत रोगको महामारी आउने डर भयो ’ शाखा प्रमुख धमलाले भने, ‘बजारमा कुकुरको संख्या घटाउन र कुकुरबाट फैलिने रोग नियन्त्रण गर्न कुकर मार्ने अभियान चलाएका हौ ।’
बजारमा भएका सम्पुर्ण भुसिया कुकुर नमारिसकिन अभियान नरोकिने त्रियुगा नगरपालिकाले जनाएको छ । मारिएका कुकुरलाई खाल्डोमा गाडिएको छ ।
जिल्लाको तीन नगरपालिका कटारी, वेल्टार वसाहा र त्रियुगा नगरपालिका लगायतका बजार क्षेत्रमा रहेका भुसिया कुकुर मार्ने अभियान शसक्त रुपमा शुरु गर्ने जिल्ला प्रशासन कार्यालय उदयपुरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको