Image result for rupees 1000 notes

Image result for rupees 500 notes

काठमाडौं–भारतले पाँच सय र एक हजारका पुरानो नोट बन्द गरेपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने जनाएको छ ।

बुधबार राष्ट्र बैंकको व्यवस्थापन समितिको बसेको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको छ ।
भारत सरकारले भ्रष्टाचार र कालोबजारीलाई नियन्त्रण गर्न भन्दै पाँच सय र हजारका पुरानो नोट बन्द गरेको असर नेपालमा पनि पर्न थालेको छ ।
काठमाण्डौमा संचालित बिभिन्न क्यासिनो बन्द भएको छ भने सटही काउन्टर के गर्ने भनेर अलमलमा परेका छन् ।
राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले नेपालमा रहेका पाँच सय र एक हजार दलका भारतीय नोटको विवरण संकलन गरेर भारतीय रिर्जभ बैंकसँग सम्पर्क गरी सटही कसरी गर्ने भन्ने बारेमा छलफल गरीने राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले जानकारी दिए ।
अहिले नेपालभित्र भारतीय नोट कति संख्यामा छ भन्ने तथ्यांक कुनै निकायसँग छैन ।
राष्ट्र बैंकले विभिन्न समयमा नोटलगायत वैदेशिक मुद्रा नराख्नु र संकलन नगर्नु भनेपनि त्यस्तो हुन नसकेको निर्देशक पण्डितले बताए ।
भारतीय नोट प्रतिबन्धित हुँदा समाजमा केही भ्रम सिर्जना हुन सक्ने भएपनि तत्कालै आत्तिनु पर्ने अवस्था छैन् तर मुद्राको अबैध कारोवार गर्ने भारतीय नोटको अवैध संचिती गर्नेलाई भने अफ्ठेरो पर्न सक्ने निर्देशक पण्डितले बताए ।
भारतले ५० दिनभित्र नोट संकलन गर्ने समयावधि तोकेको छ । भारतमा अहिले ३५ हजार करोड रुपैयाँ बजारमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको