रामनारायण पंडित
सिरहा–सिरहामा फैलिएको झाडापखालको प्रकोपले एक बालकको मृत्यु भएको छ भने ३४ जना विरामी परेका छन् ।
झाडापखालाले मृत्यु हुनेमा औरही ३ का ७ वर्षिय वर्जुन यादव रहेको छ । सोमबारदेखि देखापरेको झाडापखाला जिल्लाको औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको छ ।
विरामीहरुमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । झाडापखालाबाट बाल बालिका सवैभन्दा बढी प्रभावित भएको स्थानियहरुले बताएका छन् ।
विरामीहरुलाई एक घन्टामा नै ५÷६ पटक भन्दा बढी पटक पखाला लाग्ने गरेको उपचारमा संलगन चिकित्सकको भनाई छ । झाडा पखाला फैलिएपछि स्थानिय वासिन्दा त्रसित छन् । यता, जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
झाडा पखाला नियन्त्रणको लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालय सिरहाको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख दयाशंकर लाल कर्णले जानकारी दिए ।
उनले पानिका कारण झाडा पखाला लागेको हुन सक्ने भएकोले पानी परीक्षणकोलागि काठमाडौं पठाईएको बताए । कर्णले झाडापखालको लागि जनस्वास्थ्यसँग प्रयाप्त औषधी रहेको पनि जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको