काठमाडौं–नेपाल कम्युनिष्ट पार्र्टी माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकमा संविधान संशोधन तथा पार्टीको राष्ट्रिय सम्मेलनबारे बिहीवारबाट छलफल शुरु भएको छ ।
बैठकमा संविधान संशोधनबारे पार्टीको आधिकारिक धारणा र पार्टीको राष्ट्रिय सम्मेलनका विषयमा छलफल शुरु भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनमा पार्टीको धारणा र राष्ट्रिय सम्मेलनबारे नेताहरुले आफ्ना धारणा राखका थिए ।
बैठकलाई निरन्तरता दिने गरी बिहीबारको बैठक सकिएको र बैठक निरन्तर सञ्चालन गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost