काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले मंसिरको पहिलो साता देखि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बिहिबार बसेको गठबन्धनको बैठकले संघर्षको विकल्प नरहेको निष्कर्ष निकाल्दै मंसिरको पहिलो साता देखि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णयमा पुगेको हो ।
बैठकमा संविधान संशोधनमा भइरहेको ढिलाई र आगामी रणनीति बारे समीक्षा भएको थियो । कार्तिक मसान्तभित्र संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने पछिल्लो आश्वासन सरकारले दिएपनि यसअघि थुप्रै पटक आफै भाका सारेकोले प्रचण्डमाथि विश्वास गर्ने आधार समाप्त भएको मोर्चाका एक नेताले बताए ।
संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने बारे कुनै निर्णय नभएको जानकारी दिँदै फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले माग सम्बोधनका लागि एउटा निश्चित समयसीमा तोकेर सुरूमा ज्ञापन बुझाउने त्यसपछि पनि बेवास्ता भयो भने समर्थन फिर्ता देखि आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गर्न सकिने बताए ।
संविधान संशोधन प्रस्ताव दर्ताका विषयमा सरकारले बारम्बार बोली फेरेकोले काँग्रेस र माओवादी केन्द्र दुबै पार्टीले मधेशीलाई धोका दिएको निष्कर्ष गठबन्धनको बैठकले निकालेको छ । सो बैठकले संसद अवरोध गर्ने, रोष्ट्रम घेराउन गर्ने र कार्तिक मसान्तसम्म पनि संशोधन विधेयक दर्ता नभए मंसिर पहिलो सातादेखि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको