रामनारायण पंडित
सिरहा–सिरहाको औरही गाविसमा फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा स्थानीयवासीहरू त्रसित भएका छन् ।
अहिलेसम्म झाडापखालाबाट ५० जना भन्दा बढी ग्रसित भएको छ । बिहीबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जना विरामी उपचारका लागि आएको केन्द्रका निमित्त प्रमुख राम नारायण सिंहले बताए ।
विरामीहरूको संख्या बढ्दै गएपनि विशेषज्ञहरूको टोली प्रकोप बढेको ठाउँमा नपुुग्दा उपचारमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।
विगत चार दिनदेखि फैलिएको झाडापखालाले औरही ३ का ७ वर्षिय बालक वर्जुन यादवको ज्यान गएको छ ।
औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको झाडापखालाले स्थानियहरू त्रसित भएका छन् । बिरामीहरूमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षणहरू देखापरका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
