राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर जगंबहादुर राणाले नयाँ संरचनामा स्थानिय निकायको चुनाव हुन नसक्ने बताएका छन् ।
अहिले प्रदेशहरुको संरचना र सिमांकनमा नै विवाद रहेकोले नयाँ संरचनामा स्थानिय निकायको चुनाव हुन नसक्ने उनले बताए ।
पुरानो संरचना अनुसार नै स्थानिय निकायको चुनाव गराउनुपर्ने बताउँदै राणाले प्रदेश र सिंमाकनको छिनोफानो पछि सबै प्रदेशको स्थानिय संरचनामा फरक हुने भएकोले प्रदेशको गठन भएमात्रै नयाँ संरचना अनुसार स्थानिय निकायको चुनाव हुने दावी गरे ।
पार्टीको कार्यकता भेलालाई सम्बोधन गर्न शुक्रवार सप्तरीको कठौना आई पुगेका अध्यक्ष राणाले संचारकर्मीहरुसंग कुराकानी गर्दै मधेशमा दुई प्रदेश हुनुपर्ने आफ्नो पार्टीको पुरानै धारणा रहेको जानकारी दिए ।
उनले सिंमानकन र प्रदेशको गठन सम्बन्धमा सरकारले छिनोफानो गरि माथिल्लो सद्नको गठन जनसंख्याको आधारमा गनुपर्ने माग गरे ।
राणाले मधेश केन्द्रित दलहरुले उठाउँदै आएका माग सम्बोधनका लागि सरकारले संशोधन प्रस्ताव ल्याउनमा ढिलाई गर्न नहुने बताए ।
“सक्रिय सदस्यता अभियान र स्थानिय निकायको चुनावको तयारीका लागि आफू सप्तरी आएको छु” राणाले भने ।
संचारकर्मीेहरुले राखेको जिज्ञासाको क्रममा अध्यक्ष राणाले २–४ दिनमै नभएपनि राप्रपा र राप्रपा नेपालको एकीकरण हुने निश्चयप्राय रहेको बताए ।