काठमाडौं : संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा उनीहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमांकन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।  संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन्।  प्रधानमन्त्री प्रचण्डले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका छन्।  यसै सन्दर्भमा सभापति देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटी संविधान संशोधनका विषयमा शुक्रबार छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको