राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा रहेका आफ्ना दुई सदस्यहरुलाई कारवाही गर्दै शनिबार देखि ५ वर्ष सम्मका लागि निलम्बन गरेको छ ।
पार्टीका जिल्ला सचिव धनश्याम झा र राजविराज नगर समितिका अध्यक्ष महिदेव प्रसाद चौधरीलाई निलम्बन गरिएको जिल्ला अध्यक्ष उम्देश्वर साहले बताए ।
सचिव झाले व्यक्तिगत स्वार्थमा पार्टीको म्र्यादा र हित विपरित काम गरेको बताउँदै झा र चौधरीलाई निलम्बन गरिएको हो ।
शुक्रबार र शनिबार पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शम्सेर जंग बहादुर राणा सप्तरीमा आई कार्यकर्ता भेटघाट तथा आयोजित पत्रकार सम्मेलनमा सचिव झा उपस्थित हुनुका सट्टा कार्यक्रम बहिष्कार गरेको प्रेस विज्ञप्ती निकालेका थिएँ ।
केन्द्रिय अध्यक्षको मर्यादामा आच पु¥याउँने अनुशासन बिहीन काम सचिव झा र नगर अध्यक्ष चौधरीले गरेका अध्यक्ष साहको कथन रहेको छ ।
अध्यक्ष साहका अनुसार सचिव झाले आफ्नो अध्यक्षतामा बैठक बसी गरिएको निर्णय सम्बन्धमा केन्द्रिय कार्यालयलाई पत्राचार गरेकोमा झालाई स्पष्टिकरण समेत सोधिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको