काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय गठबन्धनले दिएको समयसिमा भित्रै संविधान संशोधन विधेयक दर्ता हुने बताएका छन् ।
कांग्रेस र संघीय गठबन्धनबीच सविधान संशोधनको विषयमा भएको बृहत् छलफलमा सभापति देउवाले सहमतिअनुसार नै संशोधन प्रस्ताव दर्ता हुने बताएका हुन् ।
काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा सभापति देउवा, गृहमन्त्री विमलेन्द्र निधि, शान्ति मन्त्री सीतादेवी लगायतको उपस्थिति थियो ।
गठबन्धनबाट संयोजक उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, लिम्बूवान पार्टीका कुमार लिङ्देन मिराक, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु लगायत दर्जन बढी नेताहरुको सहभागिता थियो ।
गठवन्धनले प्रमुख विपक्षी एमालेसँग सहमति गर्ने नाममा संविधान संशोधन विधेयक नरोक्न समेत कांग्रेसलाई आग्रह गरेको छलफलमा सहभागी गृहमन्त्री विमलेन्द्र विधिले बताएका छन् । तीनबुँदे सहमति अनुसार संविधान संशोधन विधेयक दर्ता गर्न मोर्चा र गठबन्धनले धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost