काठमाडौं–प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले संविधान संशोधनका विषयमा केन्द्रित भएर छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल संग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल गर्ने समझदारी गरेको हो ।
बैठकमा संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी पनि भएको छ ।
प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बुँदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने समझदारी भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बिमलेन्द्र निधि लगायतका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको