सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा भएको आगलागीबाट १८ लाख ५० हजार बराबरको क्षति भएको छ ।
धरान उपमहानगरपालिका–१७ स्थित सहदेब बराईलीको १ तले घरमा बुधबार साँझ ५ बजेतिर खाना पकाउने क्रममा राईसकुकरको तार सर्ट भई अचानक आगलागी भएको थियो ।
आगलागीबाट उनको घर भित्र भएको नगद २ लाख सहित सम्पूर्ण सामान समेत जल्दा १५ लाख बराबरको क्षति भएको छ भने नजिकै रहेको पदम बहादुर लिम्बुको घरमा समेत सामान्य क्षति हुँदा २ लाख बराबरको क्षति भएको बताइएको छ ।
आगलागी इलाका प्रहरी कर्यालय धरानबाट खटिएको प्रहरीको टोली, स्थानियवासी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिएको पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यता सुनसरीकै घुस्की–७ स्थित मुमताज मियाको गाई गोठमा अचानक आगलागी हुँदा गोठ मा भएको १ वटा गोरु, ३ वटा बाख्रा जलेर मरेका छन् भने अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी स्थानिय प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको