संशाेधनको विपक्षमा गए कारवाही गर्ने
काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव अघि बढी सकेकाले अब त्सबाट पछि नहट्ने बताएका छन् ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव बहुमतले पारित हुने वाताबरण बनिरहेको बताउँदै उनले प्रस्ताव बहुमतबाट पारित हुने विश्वास व्यक्त गरे ।
‘संविधान संशोधन अघि बढीसक्यो, बहुमतले पारित हुन्छ, तपाइँहरू ढुक्क हुनुहोस् अब विरोध गर्ने होइन समर्थनमा जानुपर्छ’ देउवाले भने ‘मधेश र पहाडको विषय झिकेर गरिने आन्दोलनले निकास पाउँदैन ।’
साेमबार बिहान आफ्नो निवास बुढानिलकण्डमा संशोधनमा प्रस्ताव प्रति असन्तुुष्ट रहेका नेताहरुलाई बोलाएर उनीे विरोध नगर्न चेतावनी दिए । पार्टीभित्रैबाट संशोधन प्रस्तावको विरोधमा जानुु गलत भएको बताउँदै सभापति देउवाले सविधान संशाेधनको विपक्षमा गए कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
उनले अहिलेको संशोधन प्रस्ताव कांग्रेसको भएकोले त्यसलाई पारित गराउने अभियानमा लाग्न र विरोधमा नजान पार्टी पंक्तिलाई सचेत गराए ।
स्थानीय निकायको निर्वाचन भने पुरानै संरचनाका आधारमा हुने संभावना रहेकोले अब पार्टीलाई चुनावमा केन्द्रित गर्नुपर्नेमा देउवाको भनाई थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost