
राजविराज । सातौ राष्ट्रिय खेलकुद पूर्वाञ्चल राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सप्तरीको राजविराजमा आइतबारदेखि सुरु भएको छ ।
आगामी १३ गते चार दिन सम्म सञ्चालन हुने सो प्रतियोगिताको एक समारोहबीच युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले आइतबार
राष्ट्रिय…
उद्घाटन गर्नु भएको छ । राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हाँलमा आयोजित प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा नेपाल भारोत्तोल संघको संयुक्त आयोजनामा आयोजित उक्त प्रतियोगितामा नेपालको पाँच विकास क्षेत्रका सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी एकसय २३ खेलाडी तथा प्रशिक्षक, निर्णायक र व्यवस्थापक समेत गरी कूल दुईसय ४० जनाको सहभागिता रहने जनाइएको छ ।