काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनलाई थाँती राखी चुनावमा गए मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन् ।
उनले संविधान संशोधनको विकल्प नरहेको बताउँदै मुलुकको वर्तमान राजनीतिक गत्यावरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन नै भएको बताए ।
‘संविधान संशोधन गर्नुको विकल्प छैन, सरकारले संशोधन प्रस्ताव दर्ता गरेको छ, त्यो पनि अपूरो र अधुरो छ, प्रधानमन्त्रीले त यो प्रस्तावलाई परिमार्जन गर्छु भन्नुभएको छ, परिमार्जन भएर तीन वटै निकायको चुनाव गर्ने कुरा गर्नुभएको छ ।’ अध्यक्ष यादवले भने ।
उनले प्रमुख नेपाली कांग्रेसले अहिले दोधारे चरित्र देखाएको आरोप समेत लगाएका छन् । यादवले भने,‘अहिले काँग्रेस र एमाले गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेका छन् ।’
उनले प्रमुख सत्तारुढ दल काँग्रेसले दोधारे चरित्र देखाएको आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको बताए । यादवले भने,‘काँग्रेसले अहिले दोधारे चरित्र देखाएको छ, नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको