काठमाडौं – तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख तीन दलले संसदमा फेरि एउटा नाटक मञ्चन शुरु गरेको बताएका छन् ।
तमलोपाको ९औं वार्षिकोत्सवको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित संकल्प कार्यक्रममा अध्यक्ष ठाकुरले तीनै दल मिलेर एउटा नाटक मञ्चन गरी मधेश विरोधी संविधान जारी गरेको र अव अर्को नाटक मञ्चन गरिरहेको बताए ।
उनले भने, ‘अर्को नाटक मञ्चन गरी हामी अनुपस्थित हुँदा पनि त्यसलाई मतदान गरी ९५ प्रतिशत पु¥याएर भन्छन् कि अहिले जुन संशोधन ल्याइएको छ त्यो असफल भयो भनेर षड्यन्त्र भइरहेको छ ।’
उनले विभेदबाट मुक्तिका लागि तमलोपाले आफ्नो वार्षिकोत्सवको दिन संकल्प लिएको बताए । मधेशका जनता एवं देशका अन्य उत्पीडित वर्गको अधिकार प्राप्तिका लागि तन, मन र धनले समर्पित भई अनवरत संघर्ष गर्ने संकल्प लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको