सुधा देव\ललिता साह
राजविराज ।राजविराज भन्दा तिन किलो मिटर उत्तरमा रहेको एक मात्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा अझै चारवटा उद्योग तत्काल सञ्चालन हुने भएको छ ।
यस औद्योगिक क्षेत्रमा रहेको उद्योगको दशवटा सेड मध्ये एउटा सेडमा मिलन डेरी उद्योग मात्रै सञ्चालनमा रहेको अवस्थामा दुईवटा सेडमा उद्योग सञ्चालन गर्ने सम्झौता भईसकेको र जग्गा तथा भवनको लागि दुईवटा तत्काल हुने औद्योगिक क्षेत्रका कार्यालय प्रमुख संजय थापाले बताए ।
उनले भने– ‘‘हाम्रो उद्देश्य बन्द उद्योगलाई कसरी सञ्चालन गर्ने भन्ने हो ।’’ सञ्चालनमा रहेको एक उद्योग सहित चारवटा उद्योग सञ्चालनमा आउने भएपछि पाँच उद्योग सहित बन्द रहेको उद्योगलाई कसरी सञ्चालन गर्ने त्यतातिर तत्पर रहेका छौं ।
यस औद्योगिक क्षेत्रमा रहेका बन्द उद्योगहरु सहमति गरेका उद्योगपतिहरुले तत्काल उद्योग सञ्चालन गर्नुपर्ने वा अरुलाई गर्न ठाउँ छोड्नु प¥यो प्रमुख थापाको तर्क छ । उनले भने– ‘‘आफूले पनि सञ्चालन नगर्ने अर्कालाई गर्न दिन ठाउँ पनि नछोड्ने अवस्थाको श्रृजना गर्नु भएन ।’’ त्यस्तो गर्नेको उद्योगलाई तत्काल कब्जा गरेर भएपनि गर्ने इच्छा भएका उद्योगपत्तिलाई सञ्चालनका लागि आव्हान गरेर सुचारु गर्ने प्रयास हाम्रो रहेको छ ।
सहमति अनुसार पुरानो उद्योग सञ्चालनमा ल्याउन कठिनाई भए नयाँ उद्योग सञ्चालन गर्नु प¥यो कि गर्न नसक्ने अवस्थामा ठाउँ खाली गर्नुपर्यो भन्दै प्रमुख थापा भन्छन्– ‘‘उद्योग सञ्चालन गर्ने माँग बढेकोले त्यसै बन्द राख्नु भन्दा कब्जा गर्न बाध्य हुने छौं ।
अहिले सबैले सहयोग गरे बाँकी रहेको ६ वटा उद्योग समेत चाँडै सञ्चालनमा आउने अवस्था छ । उद्योगका लागि ठाउँ ओगट्दै आएपनि वर्षौदेखि पुराना उद्योगपत्तिहरुले बक्यौता समेत नतिरेको गुनासो प्रमुख थापाको रहेको छ ।
एक जनासँग पाँचदेखि आठ, नौ लाखसम्म वक्यौता भएकोले कब्जा गरेरै जाँदा पनि बढीमा १ डेढ लाख भन्दा बढी वक्यौता आउने सम्भावना नरहेको उनी दावी गर्छन् ।
पुरानो मध्ये पनि एउटाले नयाँ ढंगबाट उद्योग संचालन गर्छु भनेको छ । पुरानाले तत्काल गर्न चाहे सकारात्मक पक्ष हो । त्यसलाई प्राथमिकता दिएका छौं । तर अव अल्झाएर राख्नु भन्दा आरपार गर्नैपर्छ ।
यो औद्योगिक क्षेत्रमा १२ जना कर्मचारीको दरबन्दीमा ९ जना कर्मचारी अहिले कार्यरत छन् । मुलुकभरमा रहेका सबै औद्योगिक क्षेत्र आफ्नै आम्दानीमा चलेको छ भने यो मात्र औद्योगिक क्षेत्र केन्द्रको खर्चमा चल्दैछ । यस औद्योगिक क्षेत्रमा रहेका दशवटा उद्योग सेड सञ्चालनमा आउन सके पछाडी परेको १ सय ३० रोपनी जग्गामा पनि उद्योग निर्माण गर्न सक्ने अवस्था रहेको प्रमुख थापाको भनाई रहेको छ ।
चार वर्षदेखि यस औद्योगिक क्षेत्रमा काम गर्दै आएका लेखापाल विजय मिश्र भन्छन्– ‘‘अब यहाँ उद्योग सञ्चालन हुनेमा हामी एकदमै आशावादी छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost