राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच भएको एकीकरण तथा मुलुकको बर्तमान राजनीतिक समसामयिक विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान जिल्ला अध्यक्ष उम्देश्वर साहसँग माई संचार डटकमले गरेको कुराकानीको संक्षिप्त अंश ।

राप्रपा र राप्रपा नेपालबीच अन्ततः एकीकरण भएको छ, खुशी हुनुहुन्छ ?

–केन्द्रमा एक भएको छ, जिल्लामा अहिले विवाद छ, त्यसकारण खुशी हुने त कुरै छैन, जिल्लामा एक भएपछि न खुशी हुने हो ।

जिल्लामा कस्तो विवाद छ ?

–जिल्लामा २६ गते केन्द्रिय पर्यवेक्षकहरु मिलाउनका लागि आएका थिएँ । तर जिल्लामा मिल्न सकेन । उनीहरुले एकतर्फी निर्णय गरेर पठाई दियो । त्यसमा हाम्रो उपसभामुख पनि हुनुहुन्थ्यो गंगा यादव ज्यू । गंगा यादवज्यू सरकारको उपसभामुख जस्तो गरिमामयी पदमा रहेर पनि पार्टीको काम गरिरहेको सर्वविदित्तै छ । अहिले पनि उपसभामुख गंगा यादव पार्टीको काम क्षेत्रमा घुमी घुमी गरिरहेको छ । जबकी उसको छोरालाई जिल्ला अध्यक्ष बनाइएको छ । आकाश राज यादव ज्यूलाई तरपनि आकाश यादव नगईकन उपसभामुख गंगा यादव नै सदस्यता अभियानमा जुटेका छन् ।

एकीकरण पश्चात पनि गुट उपगुटको जस्तो अवस्था देखिएको छ । एकीकरण कतिको दिगो देख्नु हुन्छ तपाई ?
–एकीकरण जनताको लागि राम्रो कुरा हो । तर पार्टीमा जुन एकीकरण भयो त्यो पनि सहयोग योग्य नै छ तर जिल्लामा जातीय आधारले यिनीहरु हावी भएका छन् । पार्टीमा सबभन्दा पुरानो कार्यकर्ता नै हुँ । आकाश यादव एउटा ३५–४० वर्षीय युवा हो त्यो भर्खर राजनीतिमा प्रवेश ग¥या छन् । राप्रपा नेपालको अध्यक्ष भएको नाताले यसमा समावेश गरिएको छ । तर म शुरुकाल देखि नै लागेको व्यक्ति हुँ ।
दलहरु बिच पुनः चुनावी प्रतिस्पर्धा हुने भएको छ । राप्रपा सप्तरी चुनावको लागी तयार छ ?
–तयार छ । हाम्रो पार्टी पनि तयार छ र अहिले जुन एकीकरण भएको छ सप्तरीमा चुनावको लागी एकदम तयार छ ।
तपाईको आफनै आन्तरिक विवाद छ अनी चुनावको लागी कसरी तयार छ भन्नु हुन्छ ?
पार्टीको काम हो मिलाउने, त्यो पार्टीले मिलाउँछ यो कामहरु, तर चुनावी समयमा हामी एक भएर अगाडी बढछौं ।
तपाई कुन पदका लागि आशावादी हुनुहुन्छ ?
–म राप्रपाको सांसद को टिकट दिन्छ नै केन्द्रबाट म विश्वस्त छु । म पुनः क्षेत्र नं. ६बाट सांसदमा लडछु जस्तो मलाई लाग्छ ।
अन्तमा तपाईको अतिव्यस्तता बाबजुद माई संचार डटकममा आफना अमुल्य समय दिनुभएकोमा माई संचार डटकमको तर्फबाट धेरै धेरै धन्यवाद ।
माई संचारजस्तो गरिमामयी संस्थामा आफना भनाई राख्न पाउँदा आफु पनि निकै गौरवान्वित भएको महसुस भएको छ । माई संचार डटकमको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको