img_2593img_2588

राजविराज । उपसभामुख गंगा प्रसाद यादव जिल्लाको समान्य उपभोक्ता समितिको विवादमा तानिदै गएको छ ।
सांसदीयकोेष बाट योजनाका लागि छुट्याएको रकमको उपभोगता घरमै वनाईरहेको आरोपमा विवादमा तानिदै गएको हो ।  विकासको प्रक्रियालाई अगाडी बढाउन उपभोक्ता समिति गठनका लागी पत्र पत्रिकामा गरेको विज्ञापन अनुसार उपभोक्ता नबनाई आफनो अनुकुलको व्यत्तिलाई प्रयोग गरेर घरमै उपभोक्ता बनाईरहेको स्थानीयहरुको आरोप रहेको छ । स्थानीय स्तरमा बैषनो देवी पोखीका लागि योजनामा रहेको १० लाख र नगरपालिका भित्र सोलार राख्नका लागि छुट्याएको १५ लाख खर्च गर्न निजी उपभोक्ता बनाई भ्रष्टाचार गर्न खोजेको आरोप लगाउदै उपभोक्ता समिति बदर गर्न माँग गरेको छ । उपसभामुख जस्तो गरिमामय पद्लाई दुरुपयोग गरी विभिन्न प्रलोभनमा पारी जिल्ला विकास समितिको प्रनिधी समेलाई आफनै अनुकुल वनाई घरमै उपभोक्ता समिति बनाउन लागाएको स्थानीय पुन्द्र नारायण सिपलियाले आरोप लाएको छ । स्थानीयहरुले उपभोक्ता समिति बदर गर्न जिल्लाविकास समिति सप्तरीमा दिएको निवेदनमाथी सप्तरीका स्थानि विकास अधिकारी सुदेव पोखरेलले योजना शाखालाई तोक आदेश गर्दै भनेको छ “ खटिएको प्राविधिक संग समेत बुझी आबश्यक परेमा स्पष्टीकरण समेत मागी छानविन गरी प्रतिबेदन समेत पेस गरौं” यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा भनिएको छ “कागजातको प्रतिलिपी राखी पठाएको पत्र अनुसार आवश्यक कार्वाहीको लागि आदेशा अनुसार अनुरोध छ” स्थानीयहरु उपभोक्ता समिति खारेजी र उपभोक्ता बनाउन गएका कर्मचारी लाई कर्वाही गर्नका लागि ५९ जनाको हस्ताक्षर रहेको म्यानुटको प्रतिलीपि जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन सहित पेस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको