राजवराज । हालै सार्वजनिक गरिएको स्थानीय तहको पुर्नसंरचना अबैज्ञानिक रहेको बताउँदै अविलम्ब खारेज गर्नुपर्ने धारणा मंगलबार संघीय समाजवादी फोरम नेपालको केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले राखेका छन्  ।
काठमाण्डौंमा मधेशका जिल्लाका नक्सा राखी एकतर्फी रुपले ल्याइएको पुर्नसंरचना मधेशी जनताको हितमा नभएको आरोप लगाउँदै जारी गरिएको पुर्नसंरचना आफुहरुलाई कदापी मान्य नहुने केन्द्रिय सदस्य साहले बताए ।
सार्वजनिक गरिएको स्थानीय तहको पुर्नसंरचना पहिचानमुलक नभएको बताउदै उनले जनसंख्याको आधारमा स्थानीय तहको पुर्नसंरचना गरिनुपर्ने उनको कथन रहेको छ ।
स्थानीय तहको पुर्नसंरचनाको अधिकार प्रदेश भित्रको कुरा रहेको हुँदा समेत उक्त संरचना प्रादेशिक सरकारको अधिकार क्षेत्र भित्र पर्न जाने तर्क गर्दै उनले सो कारण समेत उक्त संरचना गलत र अमान्य रहेको बताए ।
उनले सप्तरी जिल्लाको पुर्नसंरचनालाई असंतुलित बताउँदै सम्पूर्ण मधेशका जिल्लाहरुका पूर्नसंरचना नै भेदभावपूर्ण रहेको आरोप लगाए ।
मधेशका सम्पूर्ण जिल्लाहरुमा सर्वपक्षीय भेला गराई छलफलबाट स्थानीय तहको पुर्नसंरचना गरीनुपर्ने उनको धारणा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको