
स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार सप्तरीमा कुल ६ नगरपालिका र ६ गाउँपालिका कायम गरिएको छ । ६ नगरपालिका तथा ६ गाउपालिकालाई यस प्रकार संरचना गरिएको स्थानिय विकास मनत्रालयले जनाएको छ ।
नगरपालिका
राजविराज नगरपालिका : बोरिया, ईटहरी विष्णुपुर, विसहरिया, देउरी भरुवा, फर्सैठ, मलेठ, दिघवा बसबिट्टी र जमुनी मधेपुरा लाई गाभिएको छ । कुल १८ ओटा वडा कायम गरीे वडा नम्वर १ र ६ लाई एउटा वडा बनाइएएको छ । राजविराज नगरपालिकाको कुल जनसंख्या ८५ हजार २ सय ६५ राखिएको छ ।
सप्तकोशी कञ्चनरुप नगरपालिका : कञ्चनरुपको सम्पूर्ण वडा र बक्धुवा गाविसलाई गाभिएको छ । वडा नम्वर ११, ४, ५, ६, ८, ९ र १० छुट्टाछुट्टै वडा कायम गरिएको । वडा नम्वर २ र ७ वडा मानिएको छ भने वडा नम्वर १ र ३ मिलेर एउटा वडा भएको छ । उक्त नगरपालिकाको जनसंख्या ७८ हजार १ सय ८७ कायम गरिएको छ ।
हनुमाननगर योगिनीमाई नगरपालिका : रम्पुरामल्हनियाँ, कोइलाडी, को.बर्साइन, हनुमाननगर योगिनीमाई, त्रिकौलको वडा नम्वर १ देखि ८ सम्मलाई एउटा वडा, मधवापुर, भारदह, पोर्ताहा र बैरवा गाविसलाई समावेश गरि एक–एक वडा मानिएको छ । डाढा वडा नम्वर १ देखि ४ सम्मलाई एउटा वडामा गाभिएको छ । उक्त नगरपालिकाको कुल जनसंख्या ६८ हजार १ सय ८५ कायम भएको छ । वडा संख्या १४ राखिएको छ ।
शम्भुनाथ नगरपालिका : रायपुर, तेरहौता, सितापुर, हरिहरपुरलाई गाभिएको छ । रायपुरको वडा नम्वर १ देखि ५ सम्म एक वडा र वडा नम्वर ६ र ९ लाई मिलाएर एउटा वडा बनाईएको छ । शम्भुनाथको वडा नम्वर ८, १० र ११ लाई एउटा वडा, ४ र ९ एक वडा, वडा नम्वर ५ र ६ एक वडा, वडा नम्वर १ र २ लाई एउटा वडामा राखिएको छ । कुल ११ वडा मानिएको उक्त नगरपालिकाको कुल जनसंख्या ५४ हजार ४ सय ५ कायम गरिएको जनाईएको छ ।
बोदेबर्साइन नगरपालिका ः बेल्ही, मौवाहा, रामनगर, रौतहट, मल्हनियाँ, धनगढी, नेगडा, सारस्वर, फूलकाही, बोदेवर्साइन र मानराजालाई राखिएको छ । कुल जनसंख्या ५३ हजार ७ सय ८३ भएको छ । वडा संख्या १२ भएको जनाइएको छ ।
पातो नगरपालिका : काचन, देउरी, खडकपुर, तरही, भुतही, पातो, कबिलासा, ब्रहम्पुर, औरही, गम्हरिया प्रवाहा, पत्थरगाडा, कटैया, अर्नाहा र बनौला गाविसलाई गाभिएको छ । १४ वटा कायम भएको उक्त गाविसको कुल जनसंख्या ६२ हजार ३ सय ८४ भएको छ ।
।
गाउँपालिका
महुली गाउँपालिका : जण्डौल, प्रसवनी, डिमन, गोइठी, लोहजरा, मैनाकडेरी र डाढालाई राखिएको छ । डाढाको वडा नम्वर ५ देखि ९ सम्म एउटा वडा बनाईएको छ । उक्त गाउँपालिकाको कुल जनसंख्या ३१ हजार १ सय ९९ भएको छ । वडा संख्या ७ ओटा बनाईएको छ ।
बेल्ही चपेना गाउँपालिका : बनैनियाँ, झुटकी, नर्घो, बेल्ही चपेना, सिम्राहा सिङ्गियोन, मलेकपुर गाविसको वडा नम्वर १ देखि ६ सम्म, ७ देखि ९ सम्म एक एक वडा बनाईएको छ । कटैयाको वडा नम्वर १ देखि ७ सम्मलाई एउटा वडा मानिएको छ । उक्त गाउँपालिकामा ८ ओटा वडा कायम गरिएको छ । कुल जनसंख्या ३६ हजार ८ सय ९८ कायम भएको छ ।
छिन्नमस्ता गाउँपालिका : लालापट्टी, बरही बिरपुर, कोचाबखारी, छिन्नमस्ता, कोचाबखारी, फकिरा, लौनियाँ र तिलाठी गाविसलाई गाभिएको छ । लालापट्टीको वडा नम्वर १ देखि ७ सम्मलाई एउटा वडा मानिएको छ । कोचाबखारीको वडा नम्वर १ देखि ८ सम्म एउटा वडा तथा लालापट्टीको वडा नम्वर ८, ९ र कोचाबखारीको वडा नम्वर ९ लाई एउटा वडा बनाईएको छ । उक्त गाउँपालिकाको कुल जनसंख्या ४१ हजार १० कायम भएको छ ।
खडक गाउँपालिका : बनौली, ईनर्वा फुलबडिया १ देखि ८ सम्म एक वडा, मैन्हासहश्रवाहु वडा नम्वर १ देखि ९ सम्म र इनर्वाफूलबडियाको ९ नम्वर वडालाई एउटा वडा बनाईएको छ । कल्याणपुरको वडा नम्वर १ देखि ३ सम्मलाई एक वडा वडा नम्वर ४ देखि ९ सम्मको एउटा वडा बनाईएको छ । खोजपुर, पन्सेरा, बनरझुला र सिस्वालाई समेत खडक गाउँपालिकामा राखिएको छ । कुल वडा संख्या ९ कायम गरिएको छ । खडक गाउँपालिकाको ४४ हजार ५ सय ९६ भएको छ ।
तोपा गाउँपालिका : पकरी, बथनाहा, भगवतपुर, बभनगामा कट्टी, महदेवा, को. मधेपुरा र सकरपुरालाई राखिएको छ । वथनाहा १ देखि ३ सम्म एक वडा तथा वडा नम्वर ४ देखि ९ सम्म एक वडा बनाईएको छ ।
सुरुङ्गा गाउँपालिका : पटेर्वा, टिकुलिया, हरिपुर, मल्हनमा, मधुपट्टी, दौलतपुर, पिप्रा पश्चिम, हर्दिया र कुशहालाई गाभिएको छ । पटेर्वाको ७, ८ र ९ लाई एउटा वडा तथा वडा नम्वर १ देखि ६ सम्मलाई एउटा वडा मानिएको छ । १० ओटा वडा मानिएको उक्त गाउँपालिकाको कुल जनसंख्या ४२ हजार ६ सय २५ भएको छ ।