
काठमाण्डौ– मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार सञ्चारमन्त्री बनाउन लागिएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार गच्छदारलाई उप–प्रधान तथा सञ्चारमन्त्री बनाउन ल लागिएको हो ।
गच्छदारलाई उपप्रधानसहित सञ्चार मन्त्रालय दिने विषयमा प्रचण्ड र देउवाबीच सहमति भइसकेको बुझिएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई परराष्ट्रमन्त्री बनाउन लागिएको छ ।
थापालाई उप–प्रधान सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । योसँगै सरकारमा चार उपप्रधानमन्त्री हुनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाबीच थापा र गच्छदारलाई संविधान संशोधन विधेयकमा मतदान हुनुअघि नै सरकारमा ल्याउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।
संविधान संशोधनका पक्षमा दुई तिहाई पु¥याउने पहलस्वरुप थापा र गच्छदारलाई सरकारमा ल्याउन लागिएको हो । गच्छदार स्रोतका अनुसार सरकारले ८ प्रदेशका खाका ल्याए मात्र सकारकारमा सहभागी हुने जनाइएको छ ।