राजविराज । स्थानीय पूर्नसंरचना प्रति संतृष्टि असंतुष्टि कायमै रहेका बेला छिन्नमस्ता गाउँपालिका प्रमुखका लागि माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य जय प्रकाश यादवले गत विहिबारबाट कसरत थालेका छन्।
जिल्लाको लालापट्टि निवासी यादवले बिहीबारबाट गाउँपालिका अन्तर्गतका लौनिया, तिलाठी, कोचाबखारी लगायतका गाविसहरुमा पुगी स्थानीयबासीहरुबीच आफनो उम्मेदवारी, जनताको भावना तथा उनीहरुको पिरमर्का बुझने काम शुरु गरेको उनी निकट श्रोतले जनाएको छ ।
उक्त कुरालाई सदस्य यादवले समेत पृष्टि गर्दै उनले भने ‘चुनाव संविधान रक्षाकै लागि भएपनि निश्चय नै हुन्छ, समय कम रहेको हुँदा चुनावको लागि समय मै कसरत शुरु गरे । यादवले आफुले कुनै पनि जनताको कुभलो नगरेको हुँदा जनताले आफुलाई मनपराउने दावी समेत गरे । पुर्नसंरचनाप्रति नै असंतुष्टि रहेको छ नी ? भनी गरिएको प्रश्नको जवाफमा यादवले स्थानीयतहको पुर्नसंरचनाको जिम्मेवारी तथा दायित्व समेत प्रदेशको रहेको बताउँदै सरकारले संविधान कार्यान्वयन गराउन यसरी स्थानीय निकायको पुर्नसंरचना गरेको बताउँछन् । यद्यपी, उनले सरकारले प्रदेशको अधिकार प्रति गम्भिरता देखाउँनु पर्ने धारणा समेत व्यक्त गरे । निश्चित समय भित्र स्थानीय निकाय, प्रादेशिक तथा केन्द्रिय चुनाव गराउनुका साथै संशोधन सहित संविधान सबैलाई मान्य हुने गरी बनाई संविधान कार्यान्वयन गराउनु प्रमुख चुनौती रहेको बताउँदै यादवले सोही चुनौती माझको एक खुडकिलो स्थानीय निकायको चुनाव समेत रहेको धारणा व्यक्त गरे । तोकिएकै समयमा नभएपनि केही ढिलो चाँडो भएपनि स्थानीय निकायको चुनाव धेरै नलम्बिनेमा विश्वस्त रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost