राजविराज। जिल्लाका अन्तर्गतका राजविराज नगरपालिकाको २० औं नगर परिषद्ले आगामी आर्थिक वर्षका लागि १४ करोड २७ लाखको बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत धिरेन्द्रकुमार यादवले नगर परिषद्बाट पारित आगामी आर्थिक बर्ष ०७४÷०७५ को बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै १४ करोड २७ लाख ८४ हजार ६ सय रुपैयाँको बजेट प्रस्तुत गरे । जसमध्ये चालुतर्फ पाँच करोड ९५ लाख चार हजार र कुल पुँजीगत तथा बाह््य स्रोततर्फ आठ करोड ३२ लाख ८० हजार छ सय रहेको छ । कुल पूँजिगत खर्चमध्ये आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकास तथा प्रर्बद्धनात्मक विकास कार्यक्रमका लागि सात करोड ६९ लाख एक हजार र लक्षित वर्ग कार्यक्रमतर्फ ६३ लाख ७९ हजार छ सय रहेको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७३÷०७४ को अनुमानित बजेट १५ करोड १६ लाख ८४ हजार रहेकोमा संशोधित यथार्थ आयतर्फ तीन करोड ६८ लाख १४ हजार र व्ययतर्फ दुई करोड ७९ लाख ५८ हजार मात्र रहेको विवरण प्रस्तुत गरियो । कार्यकारी अधिकृत यादवद्वारा प्रस्तुत कार्यक्रममा शहरका मुख्य सडकका घर, पसलहरु गुलाबी रंगको बनाइने, सांस्कृतिक संग्रहालय, नाचघर, रंगशाला, बस टर्मिनल, सिटी हल, बधशाला, ल्याण्डफिल साइड, पार्क व्यवस्थापन, खानेपानी, नालासहितको पक्की सडक निर्माण, कान्जी हाउस, फोहोर मैला व्यवस्थापन, बृक्षारोपण, शिक्षा, स्वास्थ्यलगायतका कार्यलाई बजेटमा उच्च प्राथमिकता दिइएको छ ।
आयोजित सो समारोहलाई पूर्व प्रधानपञ्च गोविन्द्र सिंह र पूर्व मेयर शैलेश चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यकारी अधिकृत यादवले समग्र नगरको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अघि बढाउँदै तर्जुमा भएका योजनालाई प्रभावकारी र वैज्ञानिक कार्यान्वयन गर्न सम्बद्ध सबै पक्ष र निकायको सहयोग आवश्यक रहेको बताउँदै सो अपेक्षा समेत आफुले राखेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost