अकास कुमार राजभण्डारी 

काठमाडौं । स्वराज संघले १०औं बलिदानी दिवसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा मैनवत्ती प्रज्वलन गरेको छ । स्वराज संघले बुधबार मधेशवादी दलका विभिन्न दलहरुमा आबद्ध युवा, विद्यार्थी, बुद्धिजीबी लगायतलाई जम्मा गरेर सामूहिक रुपमा मैनवत्ती प्रज्वलन गरेको हो ।

स्वराज संघका संयोजक बिक्की यादवको नेतृत्वमा भएको मैनबत्ती प्रज्वलन कार्यक्रममा सयौं युवाहरुको सहभागिता रहेको थियो । मैनवत्ती प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै स्वराज संघका संयोजक बिक्की यादवले शहीदहरुको सपना पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

यसैगरी कार्यक्रममा कासिन्द्र यादवलेसमेत सम्बोधन गरेका थिए । कार्यक्रममा तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डल, तमसपाका प्रवक्ता सत्यनारायण मण्डल, समृद्ध मधेश युवा विद्यार्थी नागरिक समाजका संयोजक योगेन्द्र देव, मधेशी बुद्धिजीबी आनन्द गुप्ता लगायत सयौं युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको