नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि चुनावमा जानुपर्ने बताएका छन् ।
स्व। गणेशमान सिंहको शालिक अनावरण कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै सभापति देउवाले सरकारले चुनावका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताएका हुन् । उनले निवौचनको विकल्प नभएको पनि बताए ।
चुनाव भएपछि मात्र संविधान कार्यान्वयन हुने उल्लेख गर्दै देउवाले चुनाव नभए प्राप्त सबै उपलब्धी गुम्ने खतरा रहेको पनि बतए ।
सभापति देउवाले स्थानीय तह, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन गराउने तयारी भइसकेको बताए । सभापति देउवाले चुनावको तयारीमा रहन कांग्रेस नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको