काठमाडौं :  राम्रो कुरामा रेकर्ड कायम गर्न नसकेपनि नेपालले खराब कुराहरुमा भने संसारका धेरै देशलाई उछिनेको छ । पछिल्लो तथ्यांकअनुसार भ्रष्ट देशको सूचीमा पनि नेपाल अग्रपंक्तिमा देखिएको छ ।

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक रहेको तथ्यांक सार्वजनिक भएको छ ।भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई) अनुसार, नेपाल सन् २०१६ मा २९ अंक प्राप्त गरी १ सय ३१औँ स्थानमा छ ।
नेपालले गत वर्षको तुलनामा २ अंक बढी पाएपछि सूचीमा एक अंक पछाडि परेको छ । तर, भ्रस्टाचारबाट भने मुक्त हुन सकेको छैन ।
विश्वका १ सय ७६ देशमा गरिएको अध्ययनमा नेपालले १ सयमा २९ अंकमात्र पाएको हो । अघिल्लोपटक १ सय ६८ देशलाई समेटेर गरिएको अध्ययनमा नेपाल २७ अंकका साथ १ सय ३०औँ स्थानमा परेको थियो ।
भुटान भने दक्षिण एसियाकै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । ६५ अंक प्राप्त गर्दै भुटानन २७औं स्थानमा परेको छ ।
यसैगरी, भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा परेका छन् । ३२ अंक पाएको पाकिस्तान ११६ औं स्थानमा छ ।
त्यस्तै, बंगलादेश १४५ औं र अफगानिस्तान १६९ स्थानमा छ ।
विश्वसमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । ती दुबै देशले ९० अंक पाएका छन् ।
सोमालिया १० अंकका साथ सूचीको अन्तिम स्थानमा छ । सोमालिया विश्वकै भ्रष्ट मुलुकको सूचीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको