राजविराज । लामो समय देखि विवादमा रहेको नेपाल पत्रकार महासंघ शाखा सप्तरीको जिल्ला स्थित विभिन्न बैंकहरुमा रहेका खाताहरु अन्ततः गत शुक्रबारबाट रोक्का गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समिति संचारग्राम, काठमाडौंको महासचिव उजिर मगरद्वारा हस्ताक्षरित जिल्लाका विभिन्न बैंकहरुमा रहेका खाता नम्बर उल्लेख गर्दै केन्द्रिय कार्यालयबाट अर्काे पत्र पठाई विवाद समाधान नभएसम्म खाता संचालन रोक्का गर्न भनिएको छ ।
गत माघ १४ गते बैंकहरुमा पठाइएका पत्रहरुमा महासंघ शाखा अध्यक्ष प्रकाश कुमार खतिवडा र कोषाध्यक्ष मनोज कुमार माझीको संयुक्त हस्ताक्षरमा परिवर्तन गरी नयाँ हस्ताक्षरबाट संचालन गरिएको भए त्यसरी संचालन गर्दा भएको कारोबारका बैंक स्टेटमेन्ट उपलब्ध गराउँन समेत पत्रहरुमा उल्लेख रहेको छ ।

महासचिव मगरद्वारा हस्ताक्षरित पत्रमा महासंघ र यसका शाखाहरु केन्द्रिय विधानबमोजिम संचालन हुने संस्था भएकोले स्थानीय तहमा हुने विवादको निरुपण र कारवाही केन्द्रबाट स्वतः हुने हुँदा खाताहरु रोक्का राखी जानकारी गराउँन समेत जिल्ला स्थित एभरेष्ट बैंक लिमिटेड राजविराज शाखा, सृजना फाइनान्स लिमिटेड राजविराज तथा कृषि विकास बैंक राजविराजलाई पत्राचार गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष लगायत केही सदस्यले अबैधानिक रुपमा साधारण सभा गरी अध्यक्ष प्रकाश खतिवडालाई अविस्वासको प्रस्तावले हटाइएको भनि भ्रमात्मक समाचार प्रचारको भरमा यहाँका स्थानीय बैंकहरुमा शाखाका उपाध्यक्ष श्रवण कुमार देव र कोषाध्यक्ष मनोज कुमार माझीको संयुक्त हस्ताक्षरमा खाता परिवर्तन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको