विराटनगर । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए सरकारलाई दिएको समर्थनको औचित्य समाप्त हुने बताएका छन् । विराटनगरमा मंगलबार संचारकर्मीहरुसँग कुराकानी गर्दै गच्छदारले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गराएर मात्र कुनै निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् । परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर जेठ १५ सम्ममा स्थानीय र मङ्सिरको पहिलो सातासम्ममा संसद्को निर्वाचन गराउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको