चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग सहमति बनेपछि मात्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । प्रेस सेन्टर चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख वा जेठमा निर्वाचन हुने बताउँदै मिति भने मधेशी मोर्चासहित अन्य दलहरुसँगको सहमतिपछि मात्र तय गरिने बताए । मन्त्रिपरिषद्बाट निर्णय गरेर निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिएको भन्दै उनले यो नै मिति तोक्नु सरह भएको बताए । प्रधानमन्त्रीले भने, ‘मधेशी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु छ, त्यसका निम्ति मात्रै प्राविधिक रुपमा गते नभनिएको हो ।’ उनले थपे ‘सबै नेपाली जनताले बुझिसकेको कुरा छ कि चुनाव बैशाख वा जेठभित्रै हुन्छ ।’ संविधान संशोधन विधेयक पारित गराउने पहिलो कोशिश हुने भन्दै उनले समझदारी बनाउन अप्ठ्यारो भयो भने अर्काे प्रयास थालिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost