काठमाडौं । देशभरका उच्च अदालतका लागि न्याय परिषद्ले गरेको ८० जना न्यायाधीश नियुक्तिको विरुद्धमा २ नम्बर प्रदेशका वकीलहरुले सामूहिक राजीनामा दिएका छन् । न्यायाधीश नियुक्ति समानुपातिक समावेशिताको सिद्धान्त विपरीत रहेको भन्दै वकिलहरुले विरोध गर्दै आइरहेका थिए । दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले बिहीबार नेपाल बार एशोसिएसनबाट एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् । उच्च अदालतको न्यायाधीश सिफारिश बदर गर्न माग गर्दै आन्दोलनमा उत्रेका २ नम्बर प्रदेशका कानून व्यवसायीहरुले जिल्ला अदालतमा धरणासमेत दिएका छन् । न्यायाधीश नियुक्ति विरुद्धमा नेपाल बारको आह्वानमा देशभरका सरकारी वकिलहरुले समेत आन्दोलन गरेका थिए । तर आन्दोलनकै क्रममा बारले सर्बोच्च अदालतसँग सम्झौता गरेर धोका दिएको भन्दै दुई नम्बर प्रदेशका वकिलहरु असन्तुष्ट थिए । राजीनामा बुझाउनु अघि दुई नम्बर प्रदेशका वकिलहरुले बार परिसरभित्र पनि नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको