काठमाडौँ:  नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच जेठ १ गते निर्वाचन गर्ने सहमति भएको छ । शुक्रबार नारायणकाजी श्रेष्ठ निवासमा भएको वार्तामा यस्तो सहमति जुटेको बताइएको छ ।
केही समययता तिक्त सम्बन्ध रहेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनका बारेमा छलफल भएको हो । जेठ १ गते निर्वाचन गर्ने गरी फागुन ८ गतेभित्रै मिति तोक्न दुई शीर्ष नेता सहमत भएको बताइएको छ ।
आफुहरुले सरकारलाई निर्वाचनको मिति तोक्न आग्रह गरेको र सरकार त्यसमा सकारात्मक देखिएको एमाले उपाध्यक्ष भीम रावलले बताए । त्यस्तै, माओवादी नेता श्रेष्ठले जसरी पनि जेठमा चुनाव गराउन दुई नेता सहमत भएको बताए । जेठ १ गते निर्वाचन गर्नेगरि फागुन ८ भित्रै निर्वाचनको मिति तोक्न दाहाल–ओलीबिच सहमति भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको