राजविराज– सप्तरीको राजविरजमा मधेशी मोर्चाका दुई दर्जन भन्दा बढी नेता कार्याकर्ताहरुलाई प्रहरीले पक्रउ गरेको छ । आज राजविराजमा अयोजित नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोश्रो राष्ट्रिय अधिवेशन विथोल्न खोज्दा मधेशी मोर्चाका नेतारकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राष्ट्यि मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष शतिस कुमार सिंह, सदभावना पार्टीका ३ नं. क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, कैलु राम लगायत दुई दर्जन जति नेता कार्यकर्ता छन् ।
मोर्चाका कार्यकर्ताले ब्यानर र झण्डा च्यात्दै मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुच्छे विरुद्ध नारावाजी गर्न थालेपछि कार्यक्रम स्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । पार्टीका अध्यक्ष विजुक्छेले संघियता, संविधान र मधेश विरोधी अभिब्यक्ति दिएको भन्दै विरोध जनाएको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।
अधिवेशनको उदघाटन सत्रलाई अध्यक्ष नारायणमान विजुक्छेले सम्वोधन गर्ने कार्यक्रम भएपनि अन्तिम समयमा उनी उपस्थित नभएको संघका अध्यक्ष डिल्ली प्रसाद काफ्लेले जानकारी दिए । सप्तरीका प्रहरी नायव उपरिक्षक दान वहादुर कार्कीले कार्यक्रममा झडप हुने सम्भावना वढेपछि दुवैपक्षको सुरक्षालाई मध्येनजर गरी मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिईएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
