राजविराज  ।  सप्तरीको छिन्न्मस्तामा पहिलो पटक हुन लागेको श्री लक्षचण्डी रुद्र महायज्ञको तयारी पुरा भएको छ ।  शक्तिपिठका पीठाधीश महाकान्त   ठाकुरले उक्त महायज्ञको सम्पुर्ण तयारी पुरा भइसकेको बताउदै यज्ञको लागि पठाएको रथ यात्रा विहारको बृन्दा बन पुगी भ्रमण गरीरहेको जानकारी दिए । उनले शक्ति पीठमा प्राङ्गणमा १३ वर्ष अघि महायज्ञ आयोजना भएको चर्चा गर्दै पछिल्लो पटक शक्तिपीठमा विश्वमै पाँचौ तथा नेपालमै पहिलो पटक लक्षचण्डी महायज्ञ आयोजना हुन लागेको बताए । पिठाधीस ठाकुरले उच्च कोटीको महायज्ञ भएकाले यसलाई सफल पार्न सवै जिल्लावासीहरुलाई आग्रह समेत गरिहएको छ ।

उक्त पीठमा सतचण्डी रुद्र महायज्ञ दुईपटक, सहस्रचण्डी रुद्र महायज्ञ र शिवशक्ति रुद्र महायज्ञ सम्पन्न भइसकेको छ ।
राष्ट्र र समाजमा विद्यमान प्रतिकूलताको निवारण हुने विश्वास गरिएको उक्त लक्षचण्डी महायज्ञले मुलुकमा शान्ति, समृद्धि र भाइचाराका लागि सहयोग पु¥याउने बताइएको छ । उनले यज्ञलाई सफल बनाउन विभिन्न समिति उपसमिति बनाई परिचालन गरिसकेको जानकारी दिए । यज्ञ सम्बन्धी विषेश जानकारी दिन अधिबक्ता संतोष चौधरीलाई नियुक्त गरिएको पीठाधीस ठाकुरले माईसंचार अनलाईनलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको