राजविराज । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले मुलुकमा स्थानीय निर्वाचन पुरानै संरचनामा भएपनि चुनाव गर्नुपर्ने आवश्यक रहेको बताएका छन्  ।
सप्तकोशी नगरपालिकाको नेपाली काँगे्रस नगरसमितिद्वारा शुक्रबार सप्तरीको फत्तेपुरमा आयोजित दुई दिने पार्टी प्रशिक्षण कार्यक्रममा कार्यक्रमको उदघाटन क्रममा महामन्त्रीले सो कुरा बताउँदै पार्टीका नेता तथा कार्यकर्तालाई गुट उपगुट छोडेर एकताको कुरा गर्नुपर्ने बताए ।
नगरसमितिको सचिव युवराज खनालको अध्यक्षतामा उदघाटन कार्यक्रमको स्वागत चन्द्रशेखर चौधरीले गरेका थिए भने नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य धनराज गुरुङ्ग, सभासद जिवन परियार, केन्द्रिय सदस्य गुरुराज घिमिरे र रीता खनालले १ सय ५० जना काँग्रेसी कार्यकर्तालाई पार्टी सम्बन्धी प्रशिक्षण दिने आयोजकले बताएका छन् ।
यसैगरी नेपाली काँग्रेसका महामन्त्री डा. कोईरालाले स्थानीय निकायको निर्वाचनको तीन महिना पछि संशोधन प्रस्ताव पारित हुने बताएका छन् ।
कार्यकर्ता भेटघाटको क्रममा शुक्रबार सप्तरीको भारदह आएका कोईरालालाई संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।
उनले भने ‘‘सिमांकन सन्दर्भमा ५ नम्बर प्रदेशको पहाड र मधेशलाई स्मरण गर्दै महामन्त्री कोईरालाले नेपाली काँग्रेसका मुख्य शक्ति नै मधेश रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको